बस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

बुधबार, २७ भदौ २०८०
काठमाडौं ।  बाराको नीजगढमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना यात्रुहरू घाइते भएका छन्। नीजगढ नगरपालिका-८ धनसारपुलस्थित मलङगवाबाट नारायणघाट तर्फ जाँदै गरेको म.प्र.०३-००१ ख ९३९६ नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा परी सर्लाही हेमपुर नगरपालिका-४ कबिलासी बस्ने बर्ष ५३ को रामकेवल रायको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। बसमा सवार भएका १५ जना यात्रु घाइते भएको उनले बताए। बसका चालक सर्लाही मलङगवा नगरपालिका-९ बस्ने मनोज चौधरी, सहचालक महोत्तरी खयरमारा नगरपालिका-६ बस्ने सुमन तोलाङगी र कन्डकटर सर्लाही मलङगवा नगरपालिका-९ बस्ने शिवजी राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार