संस्थाका कोषाध्यक्ष श्यामकुमार प्रधान स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक मातृका सुवेदीले गरेका थिए । त्यसैगरी विशेष कक्षा सञ्चालन गर्ने दुई वटा सामुदायिक विद्यालयलाई नगद सहयोग गरिएको छ । बिर्तामोड–९ मा रहेको गरामनीस्थित दुर्गा मावि र कनकाई–८ मा रहेको हिमाली माविलाई नगद २५ हजार सहयोग गरिएको हो ।
संस्थाले वडा दशैंको अवसरमा शुभकामना आदनप्रदान गरिएको कार्यक्रममा सहारा साकोस शिक्षा सदनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । यसैबीच नवनिर्वााचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको थियो । निर्वाचन समिति संयोजक दिपेन्द्र भट्टराईले संस्थामा निर्वाचित सबै पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
संस्थाको हालै सम्पन्न अधिवेशनबाट अध्यक्षमा भरतकुमार गिरी, उपाध्यक्ष सोमनाथ तिम्सिना, सचिव महेन्द्रकुमार गिरी, सहसचिव लालबहादुर गिरी, कोषाध्यक्ष श्यामकुमार प्रधान निर्वाचित भएका थिए ।
कार्यसमिति सदस्यमा बेनुराज सुवेदी, कमला थपलिया, पुनम सुवेदी, हेमराज गिरी, ध्यानबहादुर भारती, फणिन्द्रराज भण्डारी, महेश शाह, उर्मिला श्रेष्ठ, कल्पना विक, उषा रोक्का निर्वाचित भएका छन् । त्यस्तै दुर्गाप्रसाद भण्डारीको संयोजकत्वमा अनुगमन समिति, युवराज निरौलाको संयोजकत्वमा सूचना एवम् सञ्चार, कृष्णकुमार गिरीको संयोजकत्वमा लेखा समिति चयन भएको हो । लेखा समितिमा प्रेमप्रसाद उप्रेती सदस्य रहेका छन् ।
कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायत जिल्लाका विभिन्न संघ– संगठनका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।
प्रतिक्रिया