पाल्पा दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, चालकको अवस्था गम्भीर

आइतबार, ०५ कार्तिक २०८०
पाल्पा । पाल्पामा जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रानीमहल दरबारनजिक बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको ज्यान गएको छ भने चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा तीन महिला, दुई बालक र एक पुरुषले ज्यान गुमाएका छन् । गम्भीर घाइते रहेका नवलपुर घर भएका जिप चालकको उपचार भइरहेको छ । यसै बिच दुर्घटनामा मृत्युु भएकाहरुको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक जना पुरुष, तीन महिला र दुई बालक रहेका छन्। अन्दाजी ६५ वर्षका कृष्ण लोहनी, वर्ष ५५ की पार्वती लोहनी र ५५ कै चुना धिताल र ३५ वर्षकी सबिना धिताल रहेकी छिन्। यस्तै ११ वर्षका बालक ईश्वर लोहनी र २ वर्षका सबीन लोहनीको पनि दुर्घटनामा परेर मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। घाइते चालकलाई भने उपचारका लागि मिसन अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार