विभिन्न क्षेत्रमा पाँचजना व्यक्तित्व पुरस्कृत

विहीबार, १६ कार्तिक २०८०
इलाम । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान, इलामले विभिन्न क्षेत्रका पाँचजना व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गरेको छ । इलाम नगरपालिका १ साँखेजुङमा आयोजित कार्यक्रममा उनीहरु पुरस्कृत भएका हुन् । प्रतिष्ठानले स्थापना गरेको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान इलामका विशिष्ट नागरिक प्राध्यापक युद्धप्रसाद वैधलाई प्रदान गरियो । उनलाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो । यसैगरी, शिवमाया–लक्ष्मण अग्रणी महिला सम्मान बिष्णुकुमारी दाहाल लिम्बुलाई प्रदान गरियो । इलाम नगरपालिकाकी उपप्रमुख रहेकी लिम्बुलाई ३३ हजार ३ सय ३३ रुपैयाँसहित पुरस्कृत गरिएको हो । यस्तै, पदम–टुङ्ग आदर्श शिक्षक सम्मान मिलनचन्द्र सन्यासीलाई ३३ हजार ३ सय ३३ नगदसहित प्रदान गरियो । गजराज खम्बसिंह जानुकादेवी आदर्श समासेवी सम्मान हेममणि प्रधानलाई ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कारसहित प्रदान गरिएको थियो । यसैगरी, उदय–रत्न सावित्री कृषक सम्मान रिञ्जीफुर्वा शेपालाई ३३ हजार ३ सय ३३ रुपैयाँसहित प्रदान गरियो । रामहरि–नारायणप्रसाद उत्कृष्ट आधारभूत शिक्षकका रुपमा कुसुमकुमारी राईलाई १० हजार रुपैयाँसहित प्रदान गरियो । कार्यक्रम प्रतिष्ठानका इलामका अध्यक्ष धर्म गौतमको अध्यक्षता तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार