‘महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ’ ः एमाले नेता बास्कोटा

शनिबार, ०२ मंसिर २०८०
काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडितलाई सेवा दिन नसकेको बताएका छन् । उनले कांग्रेस महामन्त्रीद्वयले प्रभावित क्षेत्रका पीडितका लागि बनाएको दुई घर प्रचारमै सकिएको व्यङ्ग्य गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडित जनतालाई समेत सेवा दिन नसकेको भन्दै कांग्रेसका महामन्त्रीद्वयले प्रभावित जिल्लाका पीडितका लािग बनाएको अस्थाई घरबारे ब्यङ्ग्य गरे । उनले लेखेका छन्, ‘यति बलियो गठबन्धन सरकाकारले जम्मा दुई जिल्लाका भुईचालो पीडित जनतालाई समेत सेवा दिन सकेन । महामन्त्रीद्वय अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ ।’ त्यस्तै उनले सरकार भन्दा  नेपाली जनता बढी लोकतन्त्रवादी भएको उल्लेख गरेका छन् । ‘माघ लाग्न के आँट्या छ,सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे! सरकार भन्दा लोकतन्त्रवादी जनता छन नेपालमा’ बास्कोटाले लेखेका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार