झापा । चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका दुई जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुस १२ गते साँझ झापा जिल्ला अदालतको लगत नं. ४ र १२६० अनुसार चोरी मुद्दामा २०७८ कात्तिक २८ गते फैसला भई १ महिना कैद र १७ हजार ८५ रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बस्ने ५६ वर्षीय टिकाराम कोइराला र सोही नगरपालिकाको वडा नं. ८ बस्ने ५६ वर्षीय गोविन्द श्रेष्ठ रहेका छन्। उनीहरू आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी सहायक हवलदार रमेश लुइँटेलको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया