भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै राय बाझियो, टेकनाथ रिजाल छुटे, रायमाझीसहित ८ जनालाई थुनामा पठाउने आदेश

शुक्रबार, १५ मंसिर २०८०
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा भएका छन्। उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजालसलले खाँणलाई रिहा गर्न आदेश दिएको हो। खाँणलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको हो। त्यस्तै अदालतले एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजीत राई, केवश दुलाललगायत ८ जनालाई जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरको छ। भुटानी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। त्यस्तै सन्दीप रायमाझीलाई ३० लाख, टंकबहादुर गुरुङलाई १५ लाख र रामशरण केसीलाई १५ लाख धरौटी माग गरिएको हो। अदालतले खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि रिहाई गर्न आदेश दिएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार