नेपाल समाजवादी  महिला सङ्घ कोसी प्रदेशको पुर्न गठन

सोमबार, १८ मंसिर २०८०
 विराटनगर ।  नेपाल समाजवादी पार्टीको जन वर्गीय सङ्गठन नेपाल समाजवादी  महिला सङ्घ कोसी प्रदेशको पुर्न गठन भएको छ । विराटनगरमा एक कार्यक्रम गरी  महिला सङ्घको पुनर्गठन गरिएको हो ।
 जसअन्तर्गत सङ्घको अध्यक्षमा तारा दवाडी,उपाध्यक्ष राधिका नेपाल,मञ्जु राई,शर्मिला राउत र मुख्य सचिवमा निशा श्रेष्ठ चयन भएका छन् । यसैगरी सचिवमा दया उराव,कुमारी आचार्य र कोषाध्यक्षमा मिलिमा चेम्जोगं थापा चयन भएको नेपाल समाजवादी  पार्टीका  कोसी प्रदेशका मुख्यसचिव उपेन्द्र श्रेष्ठले बताए ।
 समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा कोसी प्रदेश इन्चार्ज भरत दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त पुनर्गठन कार्यक्रममा पार्टीका केन्द्रीय राजनीतिक सदस्य केदार गुरागाईँ, लाल ध्वज नेमवागं, महिला सङ्घकी केन्द्रीय सचिव विमला अर्याल,कोसी प्रदेश अध्यक्ष शम्भु चौधरि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार