‘शान्ति प्रयास’ अभ्यासमा, २२ राष्ट्रका सेना सहभागी हुने

सोमबार, ०२ पुस २०८०
काठमाडौं । नेपाली सेनाले, वहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’ फागुनमा संचालन गर्ने भएको छ । शान्ति स्थापनार्थ सहभागि हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले आयोजना हुने विभिन्न राष्ट्रका सेना सहभागी हुने सो अभ्यास फागुन ८ गतेबाट सुरु हुने एक विज्ञप्तिमार्फत सेनाले जनाएको हो । अमेरिकाको ग्लोवल पीस अपरेसन इनिसियटीभको सहयोगमा संचालन हुने चौथो श्रखलाल फागुन २१ गतेसम्म सञ्चालन हुने छ । अभ्यासमा नेपालसहित अमेरिका, अस्टे«लिया लगायत २२ देशका सेना सहभागी हुने सेनाले जनाएको छ । यसअघि सन् २००० मा नेपालमा पहिलो पटक शान्ति प्रयास सैन्य अभ्यास भएको थियो । सन् २०१३ मा भएको दोस्रो सैन्य अभ्यासमा २३ राष्ट्रका ८ सय ५० र सन् २०१७ मा २९ राष्ट्रका ११३५ सेना सहभागी भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार