ढुङ्गानाले पछिल्लो समय प्रधानमन्त्री उद्घाटन र शिलान्यास कार्यक्रममा मात्र गइरहँदा जनतामा निराशा पैदा भएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।उनले राष्ट्रिय सभाको निर्वाचनमा पटक पटक अवसर पाइरहेकाहरूलाई टिकट दिइरहँदा काँग्रेसमा अवसर पाइरहेकाहरूलाई थुपार्ने थलो बन्दै गएको प्रति चिन्ता व्यक्त समेत गरे । उनले सम्पूर्ण क्षेत्रका ब्याक्तिहरु र जातजातिलाई समेत मिलाएर उम्मेदवार बनाउनुपर्ने आवश्यकता रहेको कुरामा समेत जोड दिएका छन् ।
उनले नेपाली काँग्रेसका भातृ सस्थाहरु पार्टीको मेरुदण्ड भएका कारण अधिवेशन गराएर नेतृत्व चयन गर्ने भन्दा भित्तामा टाँसेर केन्द्रीय समिति निर्माण गर्ने परम्परा बसेको प्रति आलोचना समेत गरे ।उनले भित्तामा टाँसेर नेतृत्व चयन गर्दा कार्यकताहरुमा गाउँ गाउँमा गएर खटने प्रवृत्ति घटन गई नेताकै वरिपरि मात्र घुम्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । उनले सुनसरी सदरमुकाम इनरुवामा भएको प्रदेश प्रहरी अस्पताललाई मोरङ सार्न लागेको भन्दै आक्रोश समेत पाखेका छन् । केन्द्रीय सदस्य ढुङ्गानाले युवाहरू हात मुख जोर्न समेत गाह्रो भएर लाखौँको सङ्ख्यामा विदेश गइरहँदा पनि युवा लक्षित कार्यक्रमहरू ल्याउन नसकेको प्रति दुख व्यक्त गरेका छन् । युवाहरूलाई आफनै देशमा गरी खान सक्ने बातारण सृजना गर्नका लागि सबैको पहलकदमी आवश्यक भएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । तस्बिर ः फाइल
प्रतिक्रिया