गृहमन्त्री श्रेष्ठको राजीनामा माग

सोमबार, १६ पुस २०८०
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ । सोमबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने, ‘मन्त्रीज्यू, तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । अब तपाई राजीनामा दिनुस्, दिनैप¥यो ।’ उनले युवाले विदेश गएर काम गर्छु भन्दा गोली हानेर मार्नेले राजीनामा नदिएर कस्ले दिन्छ, भन्दै प्रश्न समेत गरेका छन् । उनले गृहमन्त्री श्रेष्ठले मुलुक चलाउन नसकेको भन्दै असन्तुष्टि किन भयो भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार