शैक्षिक गुणस्तर सुधार गर्न टोलटोलमा क्लोज क्याम्प

मंगलबार, ०२ माघ २०८०
झापा । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष योजना शुरु गरेको छ । सामुदायिक बिद्यालयका कमजोर विद्यार्थीका लागि टोलटोलमा क्लोज क्याम्प शुरू गरेको हो । क्लोज क्याम्प वडाका विभिन्न ९ ठाउँमा हुनेछन् । वडाको नमूना आधारभूत बिद्यालयले क्लोज क्याम्प आजबाट शुरू गरेको छ भने बाँकी दुई सामुदायिक बिद्यालयले क्याम्प संचालनको तयारी गरेका छन् । क्लोज क्याम्पका लागि वडाका तीनवटै बिद्यालयलाई वडाले बजेट विनियोजन गरेको छ । क्याम्प कम्तीमा २ महिना संचालन हुने वडाध्यक्ष अनिल वाग्लेले बताए । अङ्ग्रेजी, गणित र बिज्ञान विषयमा कमजोर देखिएका आधारभूत तहका विद्यार्थीलाई क्याम्पमा राखेर शिकाई उपलब्धि हासिल गर्ने योजनाका साथ वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष वाग्लेको भनार्इ छ । उनले योजनाले ९ जनालाई अल्पकालीन रोजगारी सृजना गरिएको पनि जानकारी दिए । सामुदायिक बिद्यलयका धेरै विद्यार्थीका अभिभावक अर्थिक रूपमा कमजोर भएको र त्यस्ता विद्यार्थीका लागि जनप्रतिनिधिले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने वडाध्यक्ष वाग्लेको बुझाई छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार घतानीले वडाले शिक्षामा गरेको लगानी सह्रानीय भएको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका थिए । उनले राज्यको लगानी यसरी सही ठाउँमा सदुपयोग भएकाले अभिभावकले आफ्ना छोराछोरीलाई उक्त कक्षामा नियमित गराउन समेत आग्रह गरेका छन् ।विद्यालय व्यबस्थापन समितिका अध्यक्ष घतानीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडासदस्य लक्ष्मी कडेल, मोहन कुमार राई, शिक्षक अभिभावकसंघका अध्यक्ष लेखनाथ खतिवडा, सूर्यादन टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गायत्रा ढुंगेलले गरेकी थिईन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार