पहिचान पक्षधरसँग वार्ता गर्ने समितिको तयारी

आइतबार, ०७ माघ २०८०
विराटनगर । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारले प्रदेश नामको विरोधमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समितिले पहिचान पक्षधरसँग वार्ता अघि बढाउने तयारी गरेको हो । आइतबार पत्रकार सम्मेलन गर्दै समिति संयोजक मन्त्री जवेगुले समितिको छलफलपछि पहिचान पक्षधरलाई वार्तामा बोलाउने बताए । प्रदेशको नेतृत्व गर्दै वार्ता द्वारा सामधान गर्न प्रयास गर्ने उनले बताए । पहिचान पक्षधरको माग अनुसार अघिबढ्न प्रदेश सरकारले कन्जुस्याइँ नगर्ने उनले बताए । सोमबार समितिको बैठक बसेर पहिचान पक्षधरलाई अौपचारिक रुपमा आग्रह गर्ने उनले बताए । जवेगु पहिचान पक्षधर हुन् । १७ फागुनमा प्रदेशको नामाङ्कन हुँदा जवेगुले विपक्षमा मतदान गरेका थिए । वार्ता समितिमा माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश उप्रेती सदस्य छन् । कोशीको पक्षमा मतदान गरेका उप्रेतीसहित माओवादी केन्द्र पुन पहिचानको पक्षमा उभिएको थियो । नामका विषयमा देखिएको विवाद छलफलमा बसेर सामाधान गर्ने मन्त्री उप्रेतीले बताए । प्रदेश सरकारले बनाएको वार्ता समितिमा सरकारको नेतृत्वकर्ता काङ्ग्रेसका प्रतिनिधि सहभागी छैनन् । वार्ता समिति सदस्य उप्रेतीले पार्टीको नभइ सरकारले गठन गरेको वार्ता समिति भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार