झापा ।
प्रदेश नं १ पुन . नामाङकन संयुक्त सङघर्ष समितिको प्रदेशव्यापी सङगठन प्रशिक्षण कार्यक्रमको घोषणा गरे अनुरूप झापामा माघ १३ गते सङघर्ष जागरण प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएकाो छ । संयुक्त सङघर्ष समितिका सङघीय नेताहरूको उपस्थितिमा माघ ८ गते विर्तामोडस्थित अतिथि सदनमा बसेको संयुक्त सङघर्ष समिति झापाको बैठकले माघ १३ गते प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
सङघीय सङघर्ष समितिका प्रतिनिधि सङघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले संघ र प्रदेश सहजीकरण समिति समेत गठन गर्ने प्रस्ताव पारित गरेको छ भने झापा जिल्लाका १० वटा क्षेत्रीय सङघर्ष समिति समेत गठन गर्ने निर्णय गरेको छ ।
संयुक्त सङघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीको संयोजकत्वमा बसेको बैठकले सङ्युक्त सङघर्ष समितिमा आवद्ध सम्पूर्ण सदस्य सङगठनका संघ संस्था र राजनीतिक दललाई क्रियाशिल गर्ने गराउने र वडास्तरीयसम्म सङघर्ष समिति गठन गर्दै जाने निर्णय पारित गरिएको जनाइएको छ ।
बैठकमा सञ्जुहाङ पालुङवा अध्यक्ष – संघीय लिम्बुवान पार्टी ७ घटक , कुमार लिङदेन – अध्यक्ष , संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय समिति , धनबहादुर पन्दाक – अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी प्रदेश समिति , सरू सिङगक केन्द्रीय समिति जसपा नेपाल , ज्ञानु इम्बुङ – बरिष्ठ उपाध्यक्ष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कन्द्रिय समिति, राजा आङथप्पो – अध्यक्ष , संघीय लिम्बुवान मञ्च, जनबहादुर जवेगु – अध्यक्ष , लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा झापा, डा. भिम सुब्बा ९ सङघीय सदस्य, कियाचु सङघीय सदस्य, , गणेश राई – अध्यक्ष किरात राई यायोखखा झापा , लक्ष्मी योङहाङ – अध्यक्षख , किरात धर्म तगा साहित्य उत्थान सङघ झापा , गौरीमान राई – सचिव , पहिचानका लागि युवा झापा , धनराज सुब्बा – उप महनसचिव, सघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च , लक्ष्मण श्रेष्ठ – सचिव , नेफिन झापा , अग्नपमाया मेचे – उपाध्यक्ष , जसपा सम्बद्ध लिम्बुवान राष्ट्रिय समिति , नरेन्द्र आङबुहाङ– अध्यक्ष, संघीय लिम्बुवान मञ्च विर्तामोड समिति , सेसेहाङ फियाक लिम्बू – अध्यक्ष , कियाचु झापा लगायतका प्रतिनिधीहरूको व्यापक उपस्थिति रहेको थियो ।
प्रतिक्रिया