भोजपुर । भोजपुर नगरपालिका वडा नं। ३ का लेखराज राई नेकपा एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।
राई नेपाली काँग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा राईले एमाले परित्याग गरेको घोषणा गरे सँगै काँग्रेसको क्रियाशील सदस्य लिई काँग्रेसमा प्रवेश गरेका हुन् ।
राईलाई नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको जिल्ला सम्मेलनमा क्रियाशील सदस्यता प्रदान गरी काँग्रेसमा प्रवेश गराएको नेपाली काँग्रेस जिल्ला कार्य समिति भोजपुरका सचिव सफल किरातले जानकारी दिए ।
राई गत स्थानीय चुनावमा एमालेबाट टिकट लिई काँग्रेसका उम्मेदवार मणिराज राई सँग २ मतले पराजित भएका थिए ।
प्रतिक्रिया