स्व. सुवासचन्द्र नेम्वाङका कान्छो छोरा सुहाङद्वारा उम्मेद्वारको लागि दाबी

आइतबार, २७ फागुन २०८०
इलाम  । आगमी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि हुने निर्वाचनको उम्मेद्वारका लागि नेकपा (एमाले) मा सुहाङ नेम्वाङले दाबेदारी पेश गरेका छन् । उनी स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छो छोरा हुन् । गत भदौ २६ गते सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्र अहिले प्रतिनिधि सभा सदस्य विहीन छ । एमालेले इलाम जिल्ला कमिटीले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवार चयनबारे अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा सुहाङले निवेदन दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनले आफू उपनिर्वाचनको प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार