अभियान सञ्चालन भइरहँदा ५२ बर्षीय पुरुषमा संक्रमण देखिएसंगै स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरोकारवालालगायतलाई अभिमुखीकरण तथा सक्रिय खोजपड्ताल परीक्षण कार्यक्रम अघि बढाएको छ ।
रोग फैलन नदिन कार्यालयले बिर्तामोड ५ मा वडा अध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य कार्यालय झापाका कालाजार रोग फोकल पर्सन बिरेन्द्र दासले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किटमार्फत रगत परीक्षणसमेत गरेको छ । परीक्षण गरिएका सबैमा संक्रमण नदेखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिए । परीक्षणमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयका प्रयोगशाला सहायक चन्द्रशेखर कुमार यादवले जानकारी दिए ।
प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्ड फ्लाई’ नामको पोथी भुसुनाको टोकाईबाट मानिसमा कालाजार संक्रमण हुने गर्दछ ।
प्रतिक्रिया