मनिताले एसियन जुडोमा खेल्ने

बुधबार, ०५ बैशाख २०८१
काठमाडौं । नेपालकी मनिता श्रेष्ठले हङकङमा आयोजना हुने एसियन जुडो च्याम्पिनयसीपमा प्रतिष्पर्धा गर्ने भएकी छिन् । प्रतियोगिता अप्रिल २० देखि २४ सम्म हुनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राम्रो प्रदर्शनका लागि शुभकामना दिँदै बुधबार सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली टिमलाई बिदाइ गरे । त्यस अवसरमा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यको पनि सहभागिता थियो । नेपाली टिममा प्रशिक्षक देवु थापा रहेकी छिन् भने व्यवस्थापकमा सुप्रशिद्ध ताम्राकार छन् । मनिताले महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिष्र्धा गर्नेछिन् । उनी ओलम्पिक स्कलरसिप प्राप्त खेलाडी हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार