तीन वर्ष अघिदेखि सुनसरीको इटहरीमा सञ्चालनमा आएको डिजिटल पेन्टस् ले सामाजिक उत्तरदायित्वका कामहरूलाई तीव्रता दिएको छ ।
धरान उपमहानगरपालिकाको मुख्य चोकमा रहेको घण्टाघरको रंगरोगनदेखि लिएर कुम्भमेला रंगरोगनलगायत कार्यहरूमा डिजिटल पेन्टसले उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ ।
युवाहरू लक्षित गरेर गरिने मेला महोत्सव तथा खेलकुद क्षेत्रमा समेत डिजिटल पेन्टस् ले विभिन्न खाले सहयोग गर्दै आएको कम्पनीका प्रमुख परिचालन अधिकृत मणि कुमार आचार्यले बताए ।
उनले केही समयमै कोशी प्रदेशका विभिन्न डिलरहरूसँगको सहकार्यमा सुनसरी मोरङ, झापा लक्षित भएर स्वास्थ्य शिविर,आँखा शिविर जस्ता सामाजिक कार्यहरू गर्ने योजना बनाएको बताए ।
प्रतिक्रिया