लेकाली नेपाल प्रा.लीका म्यानेजर अङ्कित मुन्द्राले संस्थासँग वार्षिक ५० हजार केजी छुर्पी खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थाका तर्फबाट अध्यक्ष ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतिकेजी १ हजार ३ सयदेखि १ हजार ४ सयसम्म खुद्रा मूल्यमा विक्री हुँदै आएको छुर्पी विदेश निर्यात गर्ने गरी सम्झौता हुँदा समग्र कृषकहरूलाई पनि फाइदा पुग्ने संस्थाका अध्यक्ष ढकालले बताए ।
पछिल्लो समय सरकारको दुग्ध विकास संस्थानले समेत कृषकहरूले उत्पादन गरेर विक्री गरेको दुग्धजन्य पदार्थहरूको उचित मूल्य नै नपाइरहेको समयमा पूर्वी नेपालमा उत्पादन भएका सामाग्रीहरू उपत्यका पुरयाएर विक्री वितरण गर्न निकै चुनौतीपूर्ण मानिन्छ । तर पनि कामधेनुले आफ्ना उत्पादनहरूलाई नेपालका ठुला सहरहरूमा समेत पुर्याउनका लागि बजारीकरण गर्नु महत्त्वपूर्ण भएको धनकुटाका कृषक भरत गुरुङले बताए ।
पछिल्लो समय कृषकले उत्पादन गरेका दुग्धजन्य पदार्थहरू बिक्री नभएर मिल्क होलिडे भइरहेको समयमा कोशी प्रदेशमा राम्रो हिस्सा ओगटेको कामधेनुले पूर्वमा उत्पादन भएका पदार्थहरू बिक्री गर्दा यहाँ देखिएको समस्याहरू समेत निराकरण हुने कृषक गुरुङको दाबी छ ।
प्रतिक्रिया