संविधानमा व्यवस्था गरेका मौलिक हकहरू व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा

सोमबार, २४ बैशाख २०८१
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरू व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन्। सोमवार काठमाडौंमा गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेको उल्लेख गरिन्। उनले जातिय छुवाछुत, लैंगिक समानता लगायतका थुप्रै विषय संविधानमा व्यवस्थित गरेको भएपनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन्। व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्नुको पछाडिका कारण पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनतासमक्ष लैजान आवश्यक रहेको मन्त्री शर्माकाे भनाइ छ। उनले अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्न जरुरी रहेको बताइन्। मन्त्री शर्माले गोरखापत्र संस्थानको संरचनागत अवस्था र व्यवस्थापन पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र बजारको व्यवस्था गर्नुपर्ने समय आएकोमा जाेड दिइन्। उनले सरकारी मिडियाहरु सरकारका भजनमण्डलीका रूपमा मात्रै रहन नहुने पनि बताइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार