मिर्मिरे एग्रो प्रालि नाम रहेको उक्त कृषि फार्ममा कुखुराका साथै बाख्रापालन पनि रहेको छ । खरी, बोयर, पिटर र जामुनापारी जातका ८० को सङ्ख्यामा बाख्रा रहेका छन् । बाख्राको माग उच्च रहेको जनाउँदै सञ्चालक होमनाथले व्यावसायिक बाख्रा पालनमा राम्रो आम्दानी रहेको दाबी गरे । उक्त फार्ममा कुखुरा र बाख्रासँगै मेवा खेती पनि रहेको छ ।
चार कट्ठा जमिनमा तीन सय ५० बोट मेवा रहेका छन् । एउटा बोटमा एक याममा ६० किलोदेखि सय किलोसम्म फल्ने गरेको फार्म सञ्चालक होमनाथ बताउँछन् । होलसेल मूल्यमै हाल रु ९० प्रतिकिलोका दरले विराटनगरमा बिक्री भइरहेको उनी बताउँछन् ।
खुला सिमानाका कारणले उत्पादित अण्डाको मूल्यमा एकरूपता आउन नसकेको जनाउँदै कुखुराले खाने चारोको मूल्य वृद्धिको अनुपातमा अण्डाको मूल्य बढ्न नसकेको फार्म सञ्चालक होमनाथले बताए ।
स्थानीय पालिकाले कृषि तथा पशुको पकेट क्षेत्र तोक्न आवश्यक रहेको फार्म सञ्चालक उनी बताउँछन् । पकेट क्षेत्र तोक्दा कृषि पशुपालन क्षेत्र व्यवस्थित हुनुका साथै कृषक लाभान्वित हुने उनले बताए ।
प्रतिक्रिया