चौहानले समूहमा ट्याक्टर मर्मत सम्भार गर्नका लागि निश्चित शुल्क लिनुपर्ने व्यवस्था मिलाइएको बताए ।
कार्यक्रम मार्फत ११ लाख ४० हजार बराबरको अनुदान सहयोग पुगेको वडा मार्फत जानकारी दिइएको छ । हाते ट्याक्टर पाउँदा वडावासीले कृषि कार्यमा ठुलो राहत मिलेको बताएका छन् ।
स्थानीय नरपति दाहालले किसानलाई उपलब्ध भएका अनुदानका उपकरण प्रभावकारी सञ्चालन भए नभएको अनुगमन आवश्यक भएको बताए ।
यस्तै गरी वडाले आर्थिक वर्ष २०८०/८१ को लक्षित वर्ग कार्यक्रम अन्तर्गत दलित तथा विपन्नहरूलाई उन्नत जातको बाख्राको पाठी समेत उपलब्ध गराएको छ ।
वडाका २६ जना दलित तथा विपन्नहरूलाई पूर्ण अनुदानमा बाख्राको पाठी वितरण गरिएको छ ।
कार्यक्रमले न्यून आय भएका परिवारलाई बाख्रा पालन गरी आय आर्जन बढाउन मद्दत पुग्ने देखिएको छ ।
एक लाख बराबरको उन्नत जातका बाख्राको पाठी वितरण गरिएको वडाले जनाएको छ ।
प्रतिक्रिया