राष्ट्रपतिका लागि अन्य दल फकाउने ओलीको असफल पत्र

आइतबार, १४ फागुन २०७९
काठमाडौ । राजिनीतिमा कुन समय के हुन्छ कसैलाई थाहा हुदैन । नेपाली काङ्ग्रेसले असहयोग गरेपछि प्रधानमन्त्री बन्न एमाले रोजेका प्रचण्ड पुनः काङ्ग्रेस तिरै ढल्किएका छन् । ८ दलको समर्थनमा काङ्ग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् उता नेकपा एमालेका तर्फबाट  सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्  । उम्मेदवारी दर्ता पुर्व एमाले अध्यक्ष ओलीले नेम्बाङलाई रास्ट्रपति बनाउन र पछि बनेको गठबन्धन जोगाउन हदैसम्मको कोसिस गरेका थिए । यति सम्मकी प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्री तथा माधब नेपाललाई राष्ट्रपति बनाउन पनि ओली सहमत भएका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेरै ओलीले पार्टी एकतासँगै रास्ट्रपति बन्न प्रस्ताव गरेका थिए । ओलीको उक्त प्रस्ताव नेपालले अस्विकार गरे । नेपालले आफू राष्ट्रपति बन्न इच्छुक रहेको तर एमालेको सहयोगमा नभई  काङ्ग्रेसलो समर्थनमा बन्ने जवाफ दिएका थिए । विभिन्न शैलीमा दिएको ललिपपमा पनि ओली सफल भने बन्न सकेनन । राजनीतिका चतुर खेलाडी मानिने ओली यतिबेला भने निरीह जस्तै बनेका छन्  । केही सीप नचलेपछी ओलीले पुर्व शभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाए र काङ्ग्रेस बाहेकका सबै दलहरुलाई राष्ट्रपतिमा नेम्वाङलाई गर्न अपिल गर्दै पत्र लेखे । राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी,सहित नेकपा माओवादी, जसपा, लोसपा लगायत हाल बनेको ८ दलिय गठबन्धनका ७ दललाई नै सहयोग गर्न अनुरोध गर्दै पत्र लेखेका हुन्  । ओलीको उक्त प्रस्ताव सबै दलले अस्विकार गरे र काङ्ग्रेसका रामचन्द्र पौडेललाई रास्ट्रपतिका लागि समर्थन गरे । अब रास्ट्रपतिका लागि दुई पुर्व सभामुख बिछ प्रतिस्पर्धा हुदैछ रास्वपा र राप्रपाले कसलाइ सहयोग गर्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय गरेका छैनन्  । बाकी ८ दलले नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेका छन्  भने नेकपा एमालेले आफ्नै समर्थनमा नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार