काठमाडौँ : नेकपा एमालेले गुरु बराललाई उपाध्यक्षमा मनोनीत गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्यसमेत रहेका गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
उनका अनुसार बैठकले निर्वाचन आयोग सदस्यहरूमा अमनसिंह तामाङ, जबि पोखरेल, नर्वदा भण्डारी, रत्ना गुरुङ र कमला केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ भने अनुशासन आयोगमा मायानाथ अधिकारीलाई सदस्यको रूपमा मनोनीत गरेको छ ।
बैठकले सल्लाहकार परिषद्मा कुलानन्द गिरी, महेन्द्र थापा, पिएल श्रेष्ठ, शिवचन्द्र कुशवाह, रामप्रित पासवान, एकवाल मिया, डा. गोपाल खनाल, खालिद हुसेन हकलाई मनोनीत गरेको छ ।
त्यसैगरी हरि रिजाल, प्रेमबहादुर सिंह, कृष्णप्रसाद दाहाल, विनोद ढकाल, सानु श्रेष्ठ, सिर्जना शर्मा, प्रदीप भण्डारी, अर्जुनबहादुर थापा, श्याम बगाल, नारायण मरासिनी, घनेन्द्र घिमिरे, नन्दलाल रोकाया, जनक पौडेल, मेघनाथ सुवेदी लगायत अन्य केहीलाई समेत सल्लाहकार परिषदमा मनोनीत गरिएको पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया