‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले समाजमा उदाहरणीय कार्य गरेका छन्’ : मेयर कोइराला

शनिबार, २६ साउन २०८१
विराटनगर : विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गरेका छन् । मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरूले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताए । देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरू सही बाटोमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । कोइरालाले पछिल्लो समय सुधार केन्द्रहरू बढ्दै जानु चिन्ताको विषय भएको बताए । अभिभावकहरू सचेत भएमा युवाहरू कुलतमा फस्ने क्रममा कमी आउने मेयर कोइरालाले बताए । ‘देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ,’ उनले भने, ‘बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ । तीनै तहको सरकारको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउन सकिन्छ ।’ मेयर कोइरालासहितको टोलीले स्थानीय युवा, पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाटसमेत गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार