युवाहरूको आवश्यकता र भावना अनुसारको नीति आवश्यक: राष्ट्रपति

सोमबार, २८ साउन २०८१
काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन् । उनले  भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’ साथै उनले युवाको शसक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए । उनले युवाहरुको आवश्यक्ता र  भावनालाई  बुझेर नयाँ नीतिको आवश्यक्ता भएको बताए ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार