मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्दै प्रधानमन्त्री दाहाल

मंगलबार, १६ फागुन २०७९
काठमाडौ । राजनितीमा एका एक नयाँ मोड आयो । सरकारमा सहभागी प्रमुख दल नेकपा एमाले सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकारबाट बाहिरिसकेका छन् । सरकारमा रहेको एमाले एकाएक प्रतिपक्षी दल बन्न पुगेको छ । यसैबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले मंगलबारदेखि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा आठ दलीय गठबन्धनका नेताहरुसँग छलफल थाल्ने  प्रधानमन्त्री निकट एक नेताले बताए । आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाट टुंगो लाग्ने ती नेताले बताए । सत्ता साझेदार दलका कतिपय नेताहरुले कार्यदल बनाएर मन्त्रालय भागबण्डा टुंगो लगाउनुपर्ने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा माओवादी सहित काङ्ग्रेस, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले समेत सरकारमा जान इच्छा देखाएका छन् । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय छन् । यता राप्रपा र रास्वपालाई पनि नयाँ गठबन्धनको सरकारमा सहभागी गराउने प्रयास भने भैरहेको  नेकपा माओवादी केन्द्रका एक नेताले बताएका छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार