एमालेले गरेको राष्ट्रपतिको प्रस्ताव अस्विकार गरेकै हो - माधब नेपाल

मंगलबार, १६ फागुन २०७९
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव आफुले अस्वीकार गरेको खुलासा गरेका छन्  । एकीकृत समाजवादी पार्टी कर्णालीले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा समेत आधा–आधा कार्यकालको प्रस्ताव गरेको बताएका छन् । आफुले अस्विकार गर्नुको प्रमुख कारण पनि सोही भएको अध्यक्ष नेपालको भनाइ थियो । जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार