'नाकाबन्दी र भूराजनीति' पुस्तक ल्याउँदै कमल थापा

आइतबार, ०२ भदौ २०८१
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष पूर्व उपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति( कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ। पुस्तक भदौ १० गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाइएको छ । थापाले पुस्तकलाई ६ खण्डमा बढिएको र परराष्ट्र सम्बन्धी विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताए । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्र मन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापाले सन् १९५० को शान्ति तथ्य मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबिचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । बिशेषगरि नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारीपूर्वक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट बिषयबस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सीमा समस्या, चीनसँगको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरू सँगको भेट लगायतका बिषयबस्तुलाई पुस्तकमा समावेश गरिएको उनले जानकारी दिए । उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पारे। उनले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबिच अवधारणागत भिन्नता रहेकाले द्वि देशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए । नेपाल(भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्री त्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा परराष्ट्र मन्त्री थिए । थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् । पुस्तक संवर्द्धन पब्लिकेशन्सले प्रकाशित गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार