महोत्सवको सुरुवाती दिनदेखी ५ दिनसम्म चलचित्र महोत्सव अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ चलचित्रहरुलाई इनरुवामा अवस्थित सिबि सिनेमा हलमा नि:शुल्क प्रदर्शन गरिएको थियो । यस्तै इनरुवा उत्सव अन्तर्गत इनरुवामा योगदान दिएका ब्याक्तित्वहरु तथा वहाँका परिवारहरुलाई सम्मान गरिएको थियो भने कोशी प्रदेश को नाम उच्च राख्ने यहाँका चलचित्रकर्मी तथा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । ११ दिने उत्सवका अवधीमा कुस्ती प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता, तरकारी उत्पादन प्रतियोगिता, निबन्ध प्रतियोगितासंगै साहित्य सम्मेलन, फेसन शोका माध्यमबाट जातिय पहिरन प्रदर्शन लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
विविध कारणवश सोचेका, बोलेका र अझै गर्न खोजेका केही योजनाहरु गर्न नसकेको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव परिकल्पनाकार प्रधानले बताए । महोत्सवको अन्तिम दिन चलचित्र पत्रकार सुवास संकल्पले सांगीतिक कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया