काठमाडौँ : रवि लामिछाने पक्राउ पर्ने संकेतले चीन भ्रमणमा गएका स्वर्णिमसहित रास्वपा नेताको टोली आकस्मिक रूपमा सोमबारै फर्किने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू सोमबारै आकस्मिक रूपमा स्वदेश फर्किने भएका हुन् ।
१० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । रास्वपा सभापति रवि लामिछाने सहकारी बचत अपचलनमा प्रहरीबाट पक्राउ पर्ने संकेत पाएपछि टोली फर्किन लागेको हो ।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।
वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असीम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ चीन गएका थिए ।
प्रतिक्रिया