पॉचथर : पेट्रोलमा आगो सल्किदा फिदिम नगरपालिका ४ का २ जना बाल बालिका घाइते भएका छन । घाइते हुनेमा फिदिम ४ का देवीप्रसाद पौडेलकी १३ वर्षीया छोरी सोनिया पौडेल र ११ वर्षीय छोरा बादल पौडेल छन ।
फिदिम ४ थापाटार घर भएका उनीहरु पम्पबाट लगेको ग्यालिनमा पेट्रोल नजिकै मैन बत्ती बालेर अटोमा खन्याउने क्रममा आगो सल्कि‘दा घाइते भएका हुन ।
बुधबार राती भएको घट्नाका घाइते दुवैजनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको छ । दुबैजनाको आइसियुमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
असोज १२ गते गएको बाढीका कारण सडक अवरुद्व हु‘दा जिल्लामा पेट्रोलियम पदार्थ आपुर्ती सहज छैन ।
प्रतिक्रिया