बालिका बलात्कार गर्नेलाई १२ र ८ वर्ष कैद सजाय

विहीबार, १७ असोज २०८१
इलाम : बालिका बलात्कार गर्ने दुई जना दोषीलाई १२ र आठ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले माई नगरपालिकाका ३२ वर्षे दुर्गाबहादुर भट्टराईलाई १२ वर्ष कैद र पाँच लाख जरिमानाको फैसला गरेको हो । एक १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका भट्टराईलाई दुई लाख रुपैयाँ पीडितका लागि भराउनुपर्ने पनि फैसलामा उल्लेख छ । गएको असार १६ गते ती बालिकालाई बलात्कार गरेको आरोपमा भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उता सूर्योदय नगरपालिकाका ५३ वर्षे धनमान भनिने मोहन राईलाई बालिकामाथि जबर्जस्ती करणी गरेकोमा दोषी ठहर भएपछि आठ वर्ष कैद सजाय सुनाइएको छ । गत पुस ९ मा कक्षा ४ मा अध्ययनरत बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । राईलाई कैदसहित तीन लाख रुपैयाँ जरिमाना र पीडितका नाममा दुई लाख रुपैयाँ भराउन भनिएको अदालतले जनाएको छ । पछिल्लो समय देशै भर बालिका बलत्कारका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार