खोटाङ - अत्यधिक वर्षाका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा दुई ठाउँ र च्यास्मिटार ३ मा एक ठाउँ पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।
बाहुनीडाँडाको गोरुमारेमुनि र डौँठेखोला माथि पहिरोले सडक अवरुद्ध भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । त्यस्तै च्यास्मिटारको जोरसिमल नजिक बयक्तमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
खोटाङमा रहेको सडक विभाग र मध्यपहाडी लोकमार्ग डोजर सिन्धुली लगिएकाले सडक खुलाउन ढिला भएको गिरीले बताए । सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराईबाट आएका गाडी डौँठे खोलामा र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसीमा रोकिएका छन् ।
प्रतिक्रिया