ताप्लेजुङमा पौडी खेल्दा बेपत्ता भएका दुई बालबालिकामध्ये एकको शव फेला

सोमबार, २८ असोज २०८१
ताप्लेजुङ :  मैवाखोला गाउँपालिका २ खानीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालबालिकामध्ये एकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलका अनुसार १२ वर्षीय आइतमाया शेर्पा मृत अवस्थामा फेला परेकी हुन् । उनको शव आठराईत्रिवेणी गाउँपालिका-४ ओडारे भन्ने स्थानमा मैवाखोलाको किनारमा फेला परेको रावलले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधिको रोहबरमा कानुनी प्रक्रिया पुरा गरेको जनाएको छ । एकै समयमा हराएका वर्ष ११ का सन्देश बराइली भने अझै बेपत्ता रहेका छन् । उनको खोजी भइरहेको रावलले जानकारी दिएका छन् । आइतमाया, सन्देश र कुशुले शेर्पा खार्ते खोलामा पौडी खेल्न गएका थिए । सन्देश र आइतरानी बेपत्ता भएपछि कुशुलेले गाउँघरमा खबर गरेर खोजी तीब्र बनाइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार