कोसी अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव

सोमबार, २८ असोज २०८१
विराटनगर : विराटनगरको कोसी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । विराटनगर महानगरपालिका ७ की ६५ वर्षीया मालादेवी साहको उपचारको क्रममा सोमबार मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । मृतकका आफन्तले सोमबार दिउँसो विरोध प्रदर्शन गर्दै उपचारका क्रममा विशेषज्ञ चिकित्सक उपलब्ध नभएको आरोप लगाएका छन् । केही दिनअघि लडेर चोटग्रस्त साहलाई आइतबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । साहको मृत्युपछि आफन्त तथा परिवारजनले अस्पताल परिसरमा सोमबार दिउँसो केहीबेर प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनपछि अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले मृतकका आफन्तलाई अस्पतालमा चिकित्सकहरूको सेवा उपलब्ध रहेको बताएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार