इलामको चुलाचुलीमा हात्ती आक्रमणबाट वृद्धको मृत्यु

मंगलबार, २९ असोज २०८१
झापा : इलामको चुलाचुलीमा सोमबार राति जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार राति ९ः३० बजेतिर चुलाचुली १ स्थित घरनजिकै रहेको धान खेतमा हात्ती आएको थियो । हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो । जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार