खोटाङ : खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मंगलबार बिहान ९ बजेतिर रावाबेसी गाउँपालिका १ कुभिण्डेमा च १ ज ५५८ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टले जानकारी दिए।
बोलेरोमा ८ जना सवार रहेकोमा २ जना सकुशल छन्। ६ जना घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ।
नुनथला–ऐसेलुखर्क सडकखण्डमा डुम्रेधारापानीबाट सदरमुकाम दिक्तेल आउँदै गरेको बोलेरो सडकमै पल्टिएको डीएसपी बिष्टले बताए।
प्रतिक्रिया