मोरङमा प्रेसर कुकर पड्किँदा महिला घाइते

शनिबार, ०३ कार्तिक २०८१
विराटनगर : मोरङको बेलबारी नगरपालिका–६ सोमबारेमा शनिबार बिहान प्रेसर कुकर पड्किँदा एक जना महिला घाइते भएकी छन् । प्रहरीका अनुसार घरभित्रै प्रेसर कुकर पड्किँदा ३८ वर्षीया सविना मगर घाइते भएकी हुन् । खाना पकाउने क्रममा बिहान ८ः४५ बजेतिर अचानक प्रेसर कुकर पड्किएर मगर घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते महिलालाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार