अध्यक्ष प्रचण्डले जुम्लाको जनसभालाई सम्बोधन गर्ने

सोमबार, ०५ कार्तिक २०८१
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) जुम्लामा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन् । उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् । आजै काठमाडौंबाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार