सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना हुँदा चार जना घाइते

सोमबार, ०५ कार्तिक २०८१
इटहरी । सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित झण्डा चौक नजिकै करम खोला छेउमा आज (सोमबार) कार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । दुर्घटनामा परेको बागमती प्रदेश ०१ ०२७ च ६०६९ नम्बरको क्रेटा सेतो कार सडकबाट चिप्लिएर घरको ट्वाइलेटमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालउ महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । कारमा सवार एकै परिवारका चार जना घाइते भएको उनले बताए । घाइते हुनेमा विराटनगर ११ की ६१ वर्षीय कविता कार्की, ८ वर्षीय आरुसी कार्की, ४० वर्षीय सुदीप कार्की र ७१ वर्षीय युवराज कार्की रहेका छन् । उनीहरूलाई उपचारको लागि धरानस्थित वीपी कोइराला पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार