बाढी पहिरो प्रभावितलाई राहत बॉड्दै हाम्रो सहारा पाँचथर

शुक्रबार, ०९ कार्तिक २०८१
पाँचथर : हाम्रो सहारा पॉचथरले जिल्लामा बाढी पहिरो प्रभावित परिवार र शैक्षिक संस्थालाई राहत वितरण तिब्र बनाएको छ । उक्त संस्थाले असोज १२ गते जिल्लाका ठाउ‘ ठाउ‘मा आएको पहिरो र बाढीका कारण जनधन गुमाउनका साथै घरमा क्षति भएर बस्नै नसक्ने अवस्थामा पुगेका व्यक्तिस‘गै पठन पाठन प्रभावित विद्यालयलाई राहत वितरण गरिरहेको हो । व्यक्ति र संस्थाको आवस्यकता पहिचान गरी नगद,खाद्यान्न,लत्ता कपडा र शैक्षिक सामग्री उपलव्ध गराइदै आएको अध्यक्ष गजेन्द्र राईले जानकारी दिए । उहाँका अनुसार पहिरोले भवनमा क्षति पुगेपछि पठन पाठन नै प्रभावित भएको फिदिम ६ स्थित काफलबोटे आधारभुत विद्यालयलाई संस्थाले ह्वाइट बोर्ड सहितका स्टेशनरी र कार्यालय सञ्चालनमा आवस्यक पर्ने सामग्री उपलब्ध गराएको छ । यस्तै फिदिम र फालेलुङका विभिन्न वडामा परिवारका सदस्य र घरबार गुमाएका ८१ परिवारलाई नगद,खाद्यान्न र आवाषका लागि उपयोगी सामग्री वितरण गरेको छ । विपदमा राहत र उद्वार स‘गै सामाजिक क्रियाकलाप सञ्चालन गर्न गठन गरिएको उक्त संस्थाले दाताहरुले सहयोग गरेको रकमलाई कोष बनाएर सोहि कोषबाट बाढी पहिरो प्रभावितलाई राहत वितरण गरिरहेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार