मोरङको सुन्दरहरैँचामा आगलागी हुँदा ३ लाखको क्षति

शुक्रबार, ०९ कार्तिक २०८१
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित एउटा ग्वालीमा बिहीबार मध्यरातमा आगलागी भएको छ । आगलागीमा ३ लाख बराबरको क्षति भएको छ । बाँस र काठ प्रयोग गरेर बनाइएको दानबहादुर खड्काको गाई बाँध्ने ग्वालीमा आगलागी भएको हो । प्रहरीका अनुसार खोले पकाउने क्रममा ग्वालीमा अचानक आगलागी भएको हो । आगोले ग्वालीसहित ग्वालीभित्र रहेका काठपात जलेर ध्वस्त भएको छ । स्थानीय र दमकलको सहयोगमा प्रहरीले शुक्रबार बिहानका राति १ः३० बजेतिर आगो नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार आगलागीमा मानवीय र चौपाया क्षति भने भएन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार