डीएसपी वेदप्रकाश जोशीलाई मोरङ प्रहरी प्रवक्ताको जिम्मेवारी

शुक्रबार, ०९ कार्तिक २०८१
विराटनगर : डीएसपी वेदप्रकाश जोशीले मोरङ प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन् । डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कात्तिक ५ गते काज सरुवा भएसँगै जोशीले उक्त जिम्मेवारी सम्हालेका हुन् । बस्नेतका ठाउँमा प्रहरी प्रधान कार्यालयले राष्ट्रिय सुरक्षा परिषद् काठमाडौंमा कार्यरत डीएसपी मदन केसीलाई मोरङ पठाएको छ । तर, केसी मोरङ हाजिर भइसकेका छैनन् । बस्नेतको काज सरुवा भएका कारण मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले डीएसपी जोशीलाई प्रवक्ता तोकेका हुन् । जोशीले प्रवक्ताको हैसियतामा मोरङ प्रहरीका कामकारबाही, जिल्लाभरको घटना, दुर्घटनादेखि प्रहरीका गतिविधिलगायतका विषयलाई आधिकारिक हिसाबले जानकारी दिने छन् । प्रहरीले कुनै सूचना हुँदा प्रवक्तामार्फत औपचारिक हिसाबले सार्वजनिक गर्ने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार