संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले जोड दिएका छन् । कार्यक्रममा बोल्दै काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले पनि सरकारले नराम्रो काम गर्दा समेत पार्टीले आलोचना गर्न रोक लगाउने निर्णय गरिरहेको उल्लेख गरे ।
‘हाम्रो मुख्य प्रतिस्पर्धी दल भनेको एमाले नै हो अब हामीले केन्द्र देखी तलसम्मै सरकारको विरोध नगर्ने संयन्त्र बनाउने भनिरहेका छौँ, यस्तो निर्णयले काँग्रेस कहाँ पुग्छ ? उनको प्रश्न थियो । यस्तै नेता गुरुराज घिमिरे तथा केदार कार्कीले वीपी कोइरालाको मार्गदर्शनमा पार्टी र सरकार चल्नुपर्नेमा त्यसो नभएको प्रति आपत्ति जनाएका छन् ।
कार्कीले सरकारले रवि लामिछाने थुन्न लक्षित काम मात्र गरिरहेको उल्लेख गरे । उनले भने, ‘सरकार रविलाई थुन्नलाई समिति बनाउँछ तर जनताको पैसा फिर्ता गर्न समिति बनाउनु पर्दैन यसमा काँग्रेसको निर्णय हुनु पर्दैन ? ’ उनले भने ।
नेता कार्कीले बिपीले कल्पना गरेको काँग्रेस र मुलुक डा।शेखर कोइरालाको नेतृत्वमा मात्र सम्भव रहेको उल्लेख गर्दै महाधिवेशनको तयारीमा जुट्न आह्वान गरे । कार्यक्रममा सहभागी वक्ताहरूले वीपी कोइरालाले अनुसरण गरेका कार्यहरू अक्षरशः पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया