सिरहा : सिरहाको कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनामध्ये एक जना मृत फेला परेका छन् । .
शुक्रबार कर्जन्हा नगरपालिका १ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेर बेपता भएका मिर्चैया नगरपालिका ५ का बिन्देश्वर मण्डलको छोरा १६ वर्षीय रोशन मण्डलको शव फेला परेको हो ।
उनीसँगै हराइरहेका रामनाथ साहको छोरा १५ वर्षीय लक्ष्मण कुमार साह भने अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
कात्तिके पूर्णिमा नुहाउन गएका उनीहरू नुहाउने क्रममा पानीमा डुबेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया