धनुषा : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०।८१ को छैटौँ वार्षिक प्रतिवेदन आज मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरेको छ ।
प्रतिवेदन बुझाउँदै प्रदेश प्रमुख भण्डारीसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धहादुर गुरूङले प्रतिवेदनको सारांश जानकारी गराए ।
आयोगको तर्फबाट सहसचिव होमनाथ पौडेल, उपसचिव तिलक खड्का, शाखा अधिकृत दीपेन्द्र शाही र प्रमोद सिम्खडाको उपस्थिति रहेको थियो ।
प्रतिवेदन बुझ्दै मधेस प्रदेश प्रमुख भण्डारीले धन्यवाद दिए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया