पाँचथर क्याम्पसलाई पुस्तक हस्तान्तरण

बुधबार, १२ मंसिर २०८१
पाँचथर : पाँचथर बहुमुखी क्याम्पस फिदिमका विद्यार्थीलाई अध्ययन सहजताका लागि दाताले पुस्तक उपलब्ध गराएका छन् । काठमाण्डौ निवासी पूर्व जनरल होमकुमार लावती (होमित) र पाँचथरको फिदिम नगरपालिका ८ घर भइ हाल ललितपुर बस्दै आएका भवानी बिक्रम नेम्वाङ र उनकी धर्मपत्नी आशा राई नेम्बाङले शिक्षा र व्यवस्थापन संकायका ४८ थान पुस्तक उपलब्ध गराएका हुन् । बिबिएस, एम.एड र बिएडका पाठ्यपुस्तक रहेको क्याम्पस प्रमुख खेमनाथ खतिवडाले बताए । उनीहरूले बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रममा पुस्तक हस्तान्तरण गरेका हुन् । लावती र नेम्वाङ दम्पतीले ५० हजार बराबरका ४८ थान पुस्तक हस्तान्तरण गरेको खतिवडाले बताए । दातामध्येका लावती पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्यसमेत हुन् । पुस्तक ग्रहण गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष सुवराज थापाले दाताहरूलाई धन्यवाद दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार