साथै सोही कार्यक्रमको अवसर पारेर बराहक्षेत्र नगरपालिका वडा नं. ६ कोशीपारीस्थित गरैया टप्पुमा रहेको विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई नगरपालिकाले टाई र बेल्ट वितरण गरेको छ ।
विद्यालयका प्रध्यानाध्यापक रामकुमार मण्डल अनुसार विद्यार्थीसँग नगर प्रमुखको अन्तरर्क्रिया कार्यक्रममार्फत टाई र बेल्ट विद्यार्थीहरूलाई प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख रमेश कार्कीलाई विद्यार्थीहरूले जिज्ञासासमेत राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, वडा नं. ६ का सदस्य दुर्गा राई, लेखा अधिकृत वीरेन्द्र यादव, प्रशासन प्रमुख राजकुमार गौतम, जिन्सी प्रमुख मनोरथ पोखरेल, महिला सरोकार समाज वराहक्षेत्रकी अध्यक्ष कमला थापा, पारालिगल बराहक्षेत्रका अध्यक्ष मुना अधिकारी, प्रहरीहरू, ओरेक नेपालका प्रतिनिधिलगायत सहभागी थिए ।
प्रतिक्रिया